काठमाडौं । आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिकहरू आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरू सुनसान बनेका छन् ।
सधैँ सवारीसाधनको चाप र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौंका मुख्य सडकहरूमा अहिले फाट्टफुट्ट मात्र सवारीसाधन गुडेको देख्न सकिन्छ ।
दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा जस्तै अहिले पनि उपत्यका छोड्नेको संख्या उल्लेख्य रहेको छ । नयाँ बसपार्क, कोटेश्वर, कलंकी, र बल्खु लगायतका नाकाहरूबाट विगत केही दिनयता दैनिक हजारौँको संख्यामा यात्रुहरू बाहिरिएका छन् ।
निर्वाचन आयोगले मतदानको लागि सार्वजनिक बिदा दिएको र धेरैजसो विद्यालय, कलेज तथा कार्यालयहरू पनि बन्द भएकाले विद्यार्थी र कर्मचारीहरू गाउँ फर्किएका हुन् ।
सार्वजनिक यातायात कम चल्दा उपत्यकामै रहेका र अत्यावश्यक काममा निस्कनुपर्ने नागरिकलाई भने आवतजावतमा केही सास्ती भएको छ । मतदान सम्पन्न भएर सार्वजनिक बिदा सकिएपछि मात्रै उपत्यकामा पुनः चहलपहल बढ्ने र जनजीवन सामान्य अवस्थामा फर्किने अनुमान छ ।






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
प्रेम आलेसहित कैलाली–५ का उम्मेदवार खुल्ला बहसमा
रास्वपाको लहर: अब सुरु भयो वास्तविक परीक्षा
‘व्यवस्था फेर्यौँ, अब अवस्था फेर्छौँ’: नेपाली कम्युनिष्ट पार्टी
टिकट किन्नुपर्ने पार्टी भन्दै कास्कीका नेता राजु राईले छाडे रास्वपा
कतिपय क्षेत्र अझै अँध्यारा छन्, त्यसैले राजनीतिमा आएँ : कुलमान