काठमाडौं : संविधानविद् निलाम्बर आचार्य ले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै प्रतिशोधपूर्ण राजनीति र धरपकडले देशलाई सकारात्मक दिशामा नलाने बताएका छन्।
नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेपछि आचार्यले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिएका हुन्।
उनले लेखेका छन्, “साह्रै नै नमिल्ने कुरा भइरहेको छ। प्रतिशोध र धरपकडले भलो गर्दैन।”
प्रहरीले शनिबार बिहान पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो। त्यसपछि पूर्वप्रधानमन्त्री ओलीलाई पनि भक्तपुरकै गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।
पछिल्लो घटनाक्रमले देशको राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ भने सरकारको कदमप्रति विभिन्न तहबाट समर्थन र विरोधका आवाज उठ्न थालेका छन्।







रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम