काठमाडौं : सर्वाेच्च अदालतमा विवाद विचाराधीन रहेकै बेला धनुषा निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
उम्मेदवार यादवले आफूलाई निर्वाचित भएको प्रमाणपत्र प्राप्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेपछि विवाद सर्वाेच्च अदालतमा पुगेको थियो ।
निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा नगर्न निर्देशन गरेको भए पनि सोमबार नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र प्रदान गरिएको छ । तर निर्वाचन आयोगको वेबसाइटमा अझै पनि निर्वाचन परिणाम सार्वजनिक गरिएको छैन ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड