काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरिएको आरोप लागेपछि न्यायको माग गर्दै सामाजिक सञ्जालमा दबाब बढ्न थालेको छ।
‘जस्टिस फर इनिसा विक’ अभियान चलाउँदै विभिन्न अधिकारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन्।
दलित मानवअधिकारकाे संरक्षणका लागि सशक्त अभियान चलाउदै आएकाे ‘दलित लाइभ्स म्याटर ग्लाेबल अलाईन्स’ले पनि सामाजिक सञ्जालमार्फत न्यायका लागि आवाज उठाउँदै दबाब बढाएका छन्। उक्त अभियानपछि घटनाबारे चौतर्फी विरोध र आक्रोश देखिएको छ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसाको फागुन २३ गते मृत्यु भएको थियो।
प्रहरीका अनुसार इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका थिए।
इनिसा कक्षा ११ मा अध्ययनरत थिइन्। उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनाको अनुसन्धानका क्रममा प्रहरीले फागुन २३ गते दिउँसो एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो।
थप अनुसन्धानका लागि फागुन २४ गते अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल