काठमाडौं : सुर्खेतकी १६ वर्षीया दलित बालिका ईनिसा विककाे बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग गर्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन भएकाे छ ।
जात व्यवस्था उन्मुलन माेर्चा नेपाल र बैज्ञानिक समाजबादी बिद्यार्थी संगठनले आब्हान गरेकाे विराेध प्रदर्शनमा ठूलो संख्यामा नागरिक समाजका अगुवा, अधिकारकर्मी र दलित समुदायका विद्यार्थीहरू प्रदर्शनमा सहभागी छन्।
प्रदर्शनकारीहरूले पीडित परिवारसँग सहानुभूति व्यक्त गर्दै, घटनामा संलग्न अपराधीहरूलाई कडा कारबाही गर्न सरकारसँग माग राखेका छन्।
दलित समुदायका युवाहरूले विशेष रूपमा प्रदर्शनमा भाग लिएका छन् र “सत्यको खोजी अब ढिलो हुन सक्दैन” भन्ने नारासहित सडकमा निस्केका छन्।
प्रदर्शनमा सहभागीहरूले सरकार, प्रहरी प्रशासन र न्यायिक निकायलाई तुरुन्त निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याउन दबाब दिएका छन्।
अधिकारकर्मीहरूले भने, यस्तो जघन्य अपराधले समाजमा भय र असुरक्षाको भावना फैलाएको भन्दै भविष्यमा यस्ता घटनाको दोहोरिन नदिन कडा कदम उठाउन सरकारलाई आग्रह गरेका छन्।
प्रदर्शन शान्तिपूर्ण तर प्रभावकारी रूपमा सम्पन्न भएको छ र सहभागीहरूले न्यायको माग जारी राख्ने आश्वासन दिएका छन्।






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित