काठमाडौं : सुर्खेतकी १६ वर्षीया इनिसा विकको हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ।
वीरेन्द्रनगर नगरपालिका–१ की इनिसा वीरेन्द्रनगर–६ स्थित एक निजी विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। २३ फागुनमा प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्।
कर्णाली प्रदेश अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेकाे आशंकामा प्रहरीले एक जनालाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो भने थप तीन जनालाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको छ।
प्रारम्भिक बयानमा घटनास्थलबाट पक्राउ परेका एक जनाले इनिसासँग शारीरिक सम्बन्ध राखेपछि अत्यधिक रक्तस्राव भई बेहोस भएको बताएका छन्।
तर पीडित परिवारले चारै जनाले सामूहिक बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् र न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्।
घटनापछि बढ्दो दबाबबीच सीआईबीको टोली सुर्खेत पुगेर पोस्टमार्टम रिपोर्ट तथा अन्य प्रमाणका आधारमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ। मृतक इनिसाको शव हाल कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड