काठमाडौं : बिहीबार राति परेको वर्षासँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घटेको छ। वर्षापछि शुक्रबार बिहान उपत्यकाको वायु गुणस्तर सूचकांक एक्युआई ३४ मा झरेको छ, जुन स्वास्थ्यका दृष्टिले राम्रो र सुरक्षित स्तर मानिन्छ।
बिहीबारसम्म उपत्यकाको वायु गुणस्तर सूचकांक १५० भन्दा माथि पुगेको थियो, जसले वायु प्रदूषण अस्वस्थ स्तरमा पुगेको संकेत गरेको थियो। वर्षासँगै हावामा रहेका धुलो तथा धुवाँका कणहरू कम भएपछि वायुको गुणस्तरमा सुधार आएको हो।
वायु गुणस्तर सूचकांकअनुसार ५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘संवेदनशील समूहका लागि अस्वस्थ’, १५१–२०० ‘अस्वस्थ’, २०१–३०० ‘निकै अस्वस्थ’ र ३०१ भन्दा माथि पुगेमा ‘खतरनाक’ स्तर मानिन्छ।
यसअघि काठमाडौंको वायु गुणस्तर सूचकांक २०० सम्म पुगेको थियो, जसले स्वास्थ्यका दृष्टिले हानिकारक अवस्था सिर्जना गरेको थियो। पछिल्लो वर्षापछि भने उपत्यकाको हावामा सुधार देखिएको छ।






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित