काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी १६ वर्षीया इनिसा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ।
काठमाडौंको माइतीघर मण्डलामा दलित जेनजी अलाइन्सले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनमा विद्यार्थीहरूले विद्यालय ड्रेसमै सहभागी भएर न्यायको माग गरेका थिए।
प्रदर्शनकारीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
साथै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा गत २३ गते अचेत अवस्थामा फेला परेकी इनिसा विकको बलात्कारपछि हत्या भएको प्रकरणमा प्रहरीले फरेन्सिक रिपोर्टको प्रतिक्षा गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न चारै जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जनाएको छ।
यो घटनाले समुदायमा ठूलो आक्रोश पैदा गरेको छ र न्यायको मागलाई बल पुर्याएको छ।






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित