दमक : सुर्खेतकी १६ वर्षीया इनिसा विकको न्यायको माग गर्दै झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले आइतबार दमकको गणतन्त्र चोकमा भेला भएर इनिसा विकमाथि भएको बलात्कारपछि हत्या घटनाको विरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले विभिन्न प्लेकार्ड बोकेर घटनामा संलग्नलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका थिए।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले दलित बालिकामाथि भएको क्रूर घटनाले समाजलाई नै स्तब्ध बनाएको भन्दै यस्ता घटनामा राज्य गम्भीर बन्नुपर्ने बताएका थिए।

उनीहरूले दोषीलाई उन्मुक्ति नदिन र निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न खबरदारी स्वरूप प्रदर्शन गरिएको बताए।
सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विक गत २३ गते मृत अवस्थामा फेला परेको घटनापछि देशका विभिन्न स्थानमा न्यायको माग गर्दै प्रदर्शन र विरोध कार्यक्रम भइरहेका छन्।






‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
कम्युनिस्ट एकताको आवश्यकता बढेको छ : प्रचण्ड
सगरमाथा आरोही विजय घिमिरेको लेक लागेर मृत्यु
अनामनगरमा खुल्यो ‘एभरेष्ट कफी बिन्स’ को नयाँ आउटलेट
जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : हर्क साम्पाङ
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री
बालेनलाई सिके राउतको चेतावनी