काठमाडौं। कृषि व्यवसायको क्षेत्रमा सक्रिय तथा मेहनती रूपमा चिनिएकी सुनिता न्हेमाफुकि विश्वका ठूला–ठूला कृषि व्यवसाय गर्ने किसानहरूसँग सहकार्य गर्ने संस्थाको सदस्यमा चयन भएकी छन्।
यस चयनले उनको कृषि क्षेत्रमा गरेको योगदान र अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ।
न्हेमाफुकिले आफूलाई यस अवसरका लागि सिफारिस गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरेकी छन्। “मलाई विश्वास गरेर सिफारिस गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु,” उनले भनिन्।
यस संस्थामार्फत उनी अब विश्वभरका सफल कृषि व्यवसायीहरूसँग अनुभव साटासाट गर्दै आधुनिक प्रविधि, नवीन अभ्यास र उत्पादन वृद्धि सम्बन्धी ज्ञान आदान–प्रदान गर्नेछिन्। यसले नेपालको कृषि क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कृषि क्षेत्रमा युवाको सहभागिता बढाउने र व्यावसायिक कृषि प्रणालीलाई सुदृढ बनाउने लक्ष्यसहित न्हेमाफुकिको यो उपलब्धि महत्वपूर्ण मानिएको छ।
एग्रि नेपालकि संचालिका सुनिता कृषि क्षेत्रकाे सफल ब्यवसायि हुन् ।






मुगुमा आयुर्वेद उपचारप्रति बढ्दो विश्वास
इनिसा विककाे न्यायका लागि प्रवासी नेपालीले बुझाए ज्ञापनपत्र
इनिसा विक हत्या प्रकरण : सिआइबीकाे अनुसन्धान अन्तिम चरणमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना
बालेन नेतृत्वको सरकार गठन अन्तिम चरणमा
विश्वस्तरीय कृषि सञ्जालमा सुनिता न्हेमाफुकि चयन
प्रेम आलेलाइ धनगढीका बासिन्दा भन्छन् : ‘हाम्रो नेता तपाईंनै हाे’
धनगढीमा मनाइयो मगर विद्यार्थी संघको ३१ औं स्थापना दिवस
समानुपातिक सांसदमा मधेशी दलितको प्रतिनिधित्व शून्य