भौतिकवादी समाजको प्रथम राष्ट्रिय सम्मेलन चितवनमा सुरु


चितवन । भौतिकवादी विचार र वैज्ञानिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘भौतिकवादी समाज’को प्रथम राष्ट्रिय सम्मेलन चितवनमा सुरु भएको छ। देशभरबाट आएका प्रतिनिधि, अभियन्ता तथा बुद्धिजीवीहरूको सहभागितामा सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनको उद्घाटन सत्रमा वक्ताहरूले अन्धविश्वास, कुसंस्कार र अवैज्ञानिक सोचविरुद्ध संगठित रूपमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले समाजलाई वैज्ञानिक, तार्किक र तथ्यमा आधारित सोचतर्फ अग्रसर गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिने, खुला छलफल गरिने तथा आगामी कार्ययोजना तय गरिने जनाइएको छ।

सम्मेलनले भौतिकवादी आन्दोलनलाई सशक्त बनाउने, नयाँ नेतृत्व विकास गर्ने र देशव्यापी सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टीका महासचिव आहुति मुख्य बक्ता रहेकाे सम्मेलन दुई दिनसम्म चल्नेछ र समापन सत्रमा घोषणापत्र जारी गर्ने तयारी गरिएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ