काठमाडौं। सामूहिक बलात्कारपछि ज्यान गुमाएकी आमाको न्यायको माग गर्दै उनकी ७ वर्षीया छोरी सडकमा उत्रिएकी छन्। घटनापछि न्याय नपाएको भन्दै बालिकाले आमाको तस्बिर बोकेर सार्वजनिक रूपमा आवाज उठाएकी हुन्।
पीडित परिवारका अनुसार घटनामा संलग्नलाई कडा कारबाही र छिटो न्याय सुनिश्चित गर्नुपर्ने माग राखिएको छ। स्थानीयवासी तथा अधिकारकर्मीहरूले पनि उक्त घटनाप्रति गम्भीर ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।
बालिकाले आमाको तस्बिर समात्दै “मेरो आमालाई न्याय देऊ सरकार” भन्ने सन्देशसहित विरोध जनाएकी छन्। उनको यो पीडादायी अपिलले सामाजिक सञ्जाल र समुदायमा व्यापक ध्यान खिचेको छ।
मानवअधिकारकर्मीहरूले यस्ता जघन्य अपराधमा ढिलाइ नगरी निष्पक्ष छानबिन र दोषीमाथि कडा सजाय हुनुपर्ने बताएका छन्। उनीहरूले पीडित परिवारलाई सुरक्षा र न्याय सुनिश्चित गर्न राज्यलाई जिम्मेवार हुन आग्रह गरेका छन्।
यस घटनाले फेरि एकपटक महिला तथा बालबालिकाको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ भने न्याय प्रणालीको प्रभावकारितामाथि पनि बहस सुरु भएको छ।
यस घटनाप्रति अधिकारकर्मी सुनिता परियारले सामाजिक सञ्जालमार्फत भावुक टिप्पणी गरेकी छन्। उनले प्रधानमन्त्रीको शपथपछि देखिएको एक दृश्य सम्झिँदै लेखेकी छन् ।
“प्रधानमन्त्रीको शपथपछि फोटो खिच्दा हामीले छोरीलाई काखमा राखेको दृश्य देख्यौँ, जुन सुरक्षा, माया र भविष्यको प्रतीकजस्तो लाग्थ्यो। तर यही देशमा इनिभाले आफ्नी आमाको काख सधैँका लागि गुमाइन्।”
उनले सामूहिक बलात्कारपछि ज्यान गुमाएकी आमाको न्याय अझै नपाएकोप्रति प्रश्न उठाउँदै बालिकाको पीडालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताएकी छन्।
परियारले आफ्नो टिप्पणीको अन्त्यमा बालिकाको आवाजलाई उद्धृत गर्दै लेखेकी छन् ।
“हातमा एउटा फोटो, ओठमा एउटा प्रश्न आमाको न्याय कहिले?”
यस घटनाले फेरि एकपटक महिला तथा बालबालिकाको सुरक्षाको अवस्था र न्याय प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ। सरोकारवालाहरूले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई शीघ्र न्याय दिलाउन सरकारसँग माग गरेका छन्।
घटना के हाे ?
जन्तेढुङ्गा गाउँपालिका माइती भएकी रेस्मिकाको २०७४ सालमा कुमार परियारसँग विवाह भएको थियो । सहकारीमा काम गरेर घर फर्किने क्रममा मार्सी सामुदायिक वनमा गत असार ३० गते उनको बलात्कारपछि हत्या गरिएको परिवारको आरोप छ ।

घटनास्थल नजिकै शव भेटिएको थियो र उनले भाग्न प्रयास गरेको संकेतहरू देखिएका छन् ।
प्रहरीले १४ वर्षीय एक किशोरलाई पक्राउ गरे पनि परिवारले यो घटनामा अरू वयस्क व्यक्तिहरू पनि संलग्न रहेको शंका गर्दै निष्पक्ष अनुसन्धानको माग गरिरहेको छ ।






गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीलाई न्याय देउ : प्रदिप परियार
गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन