काठमाडौं । नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा डोजर चलाएकोप्रति आपत्ति जनाएको छ ।
प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै २१ वर्षदेखि सञ्चालनमा रहेको विद्यालय भत्काइनुले २७५ विद्यार्थीको पठनपाठनमा असर परेकोमा आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाले त्यहाँ अध्ययनरत बालबालिकाको नियमित पठनपाठन, सिकाइ निरन्तरता तथा शिक्षाको अधिकारमा प्रत्यक्ष असर परेकोप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ । विशेषतः आगामी २० गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने तयारी भइरहेका बेला २७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय वैकल्पिक योजना विनै भत्काउनु अत्यन्त संवेदनशील एवं आपत्तिजनक विषय हो ।’
बालबालिकाको शिक्षालाई कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिने गरी संवेदनशील र जिम्मेवार व्यवस्थापन गर्न नेविसंघको माग छ ।
प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन तत्काल सुरक्षित स्थानमा विद्यालय सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्था गर्न, अस्थायी रूपमा वैकल्पिक कक्षा सञ्चालन गर्न, आवश्यक शैक्षिक सामग्री तथा शिक्षक व्यवस्थापन सुनिश्चित गर्न र विद्यालयलाई उचित स्थानमा स्थानान्तरण गर्न आवश्यक पहल तत्काल अघि बढाउन आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सुकुमबासी तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा दीर्घकालीन रूपमा प्रभावित नहोस् भन्ने उद्देश्यले आवास, पुनर्स्थापना र शिक्षालाई एकीकृत रूपमा सम्बोधन गर्ने स्पष्ट नीति, योजना र कार्यान्वयनसहितको दीर्घकालीन समाधान अवलम्बन गर्न स्थानीय र सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदछौँ ।’







कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित