काठमाडौं। उपत्यकाका विभिन्न नदी किनारका बस्तीमा डोजर चलाएर हटाइएका ३ हजारभन्दा बढी सुकुमबासीले सरकारको रेकर्डमा आफ्नो नाम दर्ता गराउन थालेका छन्।
डोजर सञ्चालन हुनुअघि फैलिएका विभिन्न हल्लाका कारण विस्थापित भएर भागेका सुकुमबासीहरू अहिले क्रमशः सरकारको सम्पर्कमा आइ आफ्नो विवरण दर्ता गराइरहेका हुन्।
सरकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई सुकुमबासीका लागि ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोगमा ल्याएको छ। थापाथली क्षेत्रबाट हटाइएका केही परिवारलाई नयाँ बसपार्क आसपासका होटलमा अस्थायी रूपमा राखिएको जनाइएको छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूले विभिन्न स्थानमा डेस्क स्थापना गरेर सुकुमबासीको विवरण संकलन गरिरहेका छन्।
सोमबारसम्म ८२२ परिवारका ३ हजार ३६७ जनाको नाम दर्ता भइसकेको छ। सरकारले शनिबार र आइतबार थापाथली, मनोहरा, गैरीगाउँ र सिनामंगल क्षेत्रका बस्तीमा डोजर चलाएको थियो।
सुकुमबासी व्यवस्थापनका लागि उपत्यकाभित्र विभिन्न पाँच स्थानमा होल्डिङ सेन्टर स्थापना गरिएको सरकारको भनाइ छ।






प्रकृतिको आराधनासँगै उभौली समापन
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश