काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत मंगलबार भने सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा झरेको छ । हिजो चाँदी ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
गत मंगलबार चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।






डा.जितेन्द्र परियार र संगिता रामलाई सम्मान
कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय