काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन साहसंग विस्थापित सुकुम्बासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शंकर पोखरेलले सुकुमबासी बस्तीमा डोजर चलाएर बिस्थापित गरिएका हजारौंलाई पुनः स्थापना गर्न ‘ज्ञ’ क्रान्तिको खाका आवश्यक रहेको बताए ।
उनले लेखेका छन् ‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ,’ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुमबासीलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ? ,’ उनले लेखेका छन्।
उनले अगाडि लेखेका छन् ‘२०७५ सालमा वारा–पर्सामा आएको भीषण आँधीले २८ भन्दा बढी नागरिकको ज्यान लियो, ११५० भन्दा बढी घाइते भए, झण्डै २५०० घरमा क्षति पुग्यो र हजारौं मानिस घरवारविहीन बने। त्यो बेला सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावित नागरिकलाई पुनःस्थापित गरेको थियो,यो राज्यको जिम्मेवारीप्रति देखिएको सकारात्मक उदाहरण थियो।’
उनले बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित रहेको उल्लेख गरेका छन्। ’तर आज अवस्था फरक देखिन्छ। सरकारले आफैं सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौंलाई घरवारविहीन बनाएको छ। बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित छ। अस्थायी सेल्टरहरूको दयनीय अवस्था त्यहाँ पुग्नेहरूलाई फोटो खिच्न समेत रोक लगाइएको तथ्यले स्पष्ट पार्छ। उनले लेखेका छन् ।’






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन् : गगन थापा
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम