काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल आफ्नो बाटो सच्च्याउन चेतावनी दिएका छन्। सरकार बनेको सय दिन पनि पूरा नहुँदै राउतले सामाजिक सञ्जालमार्फत टिप्पणी सार्वजनिक गर्दै सरकारको ‘विकास’ सम्बन्धी अवधारणा र नागरिकप्रतिको व्यवहारमाथि प्रश्न उठाएका हुन्।
राउतले निर्णय प्रक्रियामा दूरदृष्टि, नैतिकता, मानवीय संवेदनशीलता र सार्वजनिक उत्तरदायित्व आवश्यक रहने उल्लेख गर्दै केवल चर्चा, समर्थन वा भीड आकर्षित गर्ने उद्देश्यले गरिने कार्यशैली दीर्घकालीन रूपमा उपयुक्त नहुने तर्क गरेका छन्।
उनले सार्वजनिक नीति तथा प्रशासनिक निर्णयहरूमा नागरिक हित, सामाजिक न्याय, कानुनी प्रक्रिया र मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
पछिल्लो समय महानगरपालिकाले सार्वजनिक स्थल व्यवस्थापन, अतिक्रमण हटाउने तथा संरचना भत्काउने अभियान तीव्र बनाएपछि त्यससम्बन्धी समर्थन र आलोचना दुवै धारणा सार्वजनिक भइरहेका छन्।






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित