काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी गरेसँगै आयोग खारेज भएको हो ।
आयोगको सट्टा सरकारले कार्यदल वा समिति गठन गर्न सकिने प्रावधान राखिएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ (क) को उपदफा (३) र ५२ (ख) को उपदफा (६) बमोजिम नेपाल सरकारले भूमि समस्या समाधान आयोगको गठन गरेको थियो ।
केपी शर्मा ओली नेतृत्वकव सरकारले २०८१ साल असोजमा गठन गरेको थियो । सुशीला कार्की सरकारले २३ असोजको मन्त्रिपरिषद् बैठकमार्फत भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो ।
त्यसको बिरोध गर्दै भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले सर्वोच्चमा रिट दायर गरेका थिए ।
गत कात्तिक १२ गते सर्वोच्चले उक्त निर्णय बदर गरेको थियो ।






रोशी खोलामा फसेका ८९ जनाको सकुशल उद्धार
भूमि आयोग खारेज
जातीय विभेदविरुद्ध ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन
यस्तो रहनेछ आजको मौसम
गणेश गुरुङको ‘पियारी’ सार्वजनिक ( भिडिओ)