काठमाडौं । सरकारसँग विभिन्न माग राख्दै मिर्गौलापीडितले मंगलबार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
उनीहरूले स्वास्थ्य बिमामा १० प्रतिशत को-पेमेन्ट खारेजी गर्न माग गरेका छन्। स्वास्थ्य बिमामा लागू गरिएको १० प्रतिशत को-पेमेन्ट व्यवस्थाले आर्थिक रूपमा विपन्न बिरामीलाई थप भार परेको उनीहरूको गुनासो छ। त्यस्तै, उनीहरूले मासिक भत्ता भुक्तानीको माग गरेका छन्। सरकारले निर्णय गरिसकेको मासिक पाँच हजार रुपैयाँ भत्ता हालसम्म सबै बिरामीले नपाएको उनीहरूको गुनासो छ।
उनीहरूले ‘मिर्गौला दान, जीवन दान’ र ‘अंग दान, पुण्य काम’ जस्ता नारा बोकेको प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। यससँगै उनीहरूले ‘ब्रेन डेथ’बाट हुने अंगदानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गरेका छन्।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम