काठमाडौं । सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा.रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।
सर्वोच्चमा आज फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाई भएको छ । उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै रोशनीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
फिल्म ‘लालीबजार’ को मुद्दामा आजको सुनुवाई न्यायाधीशद्धय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा भएको छ । आदेश आउन बाँकी छ ।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम