हुम्ला । ताँजाकोट गाउँपालिका –२ स्थित मैला गाउँको दलितवाडा बस्तीमा एकीकृत बस्ती विकास कार्यक्रम लागू भएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयबाट कार्यक्रम तर्जुमा भई आएको र त्यसलाई जिल्ला बिपद ब्यवस्थापन समितिले कार्यक्रम लागू गर्न सम्वन्धि स्थानीय तहलाई सिफारिस गर्ने निर्णय गरेपछि यो कार्यक्रम लागू भएको हो।
कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने “एकीकृत बस्ती विकास कार्यक्रम” मा उक्त बस्ती छनोट भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको पुर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताए।
विगतका आर्थिक वर्षहरूमा अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित भएका एउटा वडाका ३६ घरधुरीलाई समेटेर एकीकृत बस्ती विकास कार्यक्रम लागू भएको हो। यसअघि स्थानीय स्तरको समितिले ताँजाकोट गाउँपालिकाले ती घरधुरी छनोट गरी जिल्ला विपद् व्यवस्थापन समिति हुम्लालाई अनुरोध गरेको थियो। समितिको बैठकले उक्त निर्णय अनुमोदन गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको उनले बताए।
यसका लागि ताँजाकोट गाउँपालिका– २ को नयाँ बस्तीको जग्गा छनौट गरिएको छ। अब यो कार्यक्रमबाट लाभग्राहीका लागि तीनदेखि चार कोठे भवन र शौचालय पनि निर्माण गरिनेछ। जनता आवासको भवनको डिजाईन अनुसार भवन निर्माण गरिने र त्यसका लागि कार्यालय सम्झौताको चरणमा पुगेको छ। एक जना लाभग्राहीका लागि तीन लाख ३५ हजार रुपियाँ कार्यक्रमबाट खर्च ब्यहोरिने छ भने बाँकी रकम लाभग्राहीले लगानी गर्नु पर्नेछ। यसका लागि प्रदेश सरकारले एक करोड पच्चीस लाख बजेटको ब्यवस्था गरेको छ। यो वजेट प्रदेश सरकारले बित्तिय सम्मानकिरण शिर्षकबाट वजेटको ब्यवस्था गरेको हो। देशसंचारबाट






कामिरिता शेर्पाले गरे ३२ औं पटक सगरमाथाको सफल आरोहण
इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु
३६ दलित घरधुरीका लागि एकीकृत बस्ती विकास कार्यक्रम लागू
जबजको मूल मर्मलाई आत्मसात् गरौं : पूर्वराष्ट्रपति
गुठी संस्थानसँगै छैन जग्गाको स्पष्ट अभिलेख
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
१५ हजारभन्दा बढी सुकुमवासी विस्थापित
हावाहुरीले विद्यालयमा क्षति