कैलालीको एक घरमा आगलागी


धनगढी । कैलालीको एक घरमा आगलागी भएको छ । आइतबार राति ८स्४५ बजेको समयमा घोडाघोडी नगरपालिका(४ जनकपुर बस्ने खुसिराम चौधरीको काठ र माटोले बनेको जस्ता पाताले छाएको एकतले चार कोठे घरमा आगलागी भएको हो ।

भान्सामा बालेको आगोबाट आगलागी हुँदा एउटा बाख्राको जलेर मृत्यु भएको र घरभित्र रहेका नगद, अन्नपात, लत्ताकपडा, खाद्यान्न लगायतका सामानहरु गरी अन्दाजी ८ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ