धनगढीमा भोलिदेखि ललितकला प्रदर्शनी


धनगढी । कैलालीको धनगढीमा भोलिदेखि ललितकला प्रदर्शनी हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको हो । प्रदर्शनी फागुन ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रदर्शनीका लागि प्रदेशका डेढ सयभन्दा बढी कलाकारका कलाकृति दर्ता भएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कार्यालय हसनपुरमा हुने कार्यक्रममा चित्रकला, मूर्तीकला, लोककला र हस्तकलाको प्रदर्शनी हुने जनाइएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ