काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावपछि महाधिवेशन गर्दा पार्टीको अवस्था नाजुक हुने बताएका छन् । बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘कुनै न कुनै रुपमा विधान अनुसार समयमै हुनुपर्छ । चुनावपछि अधिवेशन गर्यो भने नेपाली कांग्रेसको अवस्था नाजुक हुन्छ, कमजोर हुन्छ भन्ने कुरा मात्रै हो,’ नेता कोइरालाले भने । साथै, उनले पार्टी अहिले सबै संस्थापन पक्षको रहेको पनि जिकिर गरे ।
‘नेपाली कांग्रेस पूरै संस्थापन पक्ष हो । त्यसरी हेर्नुस् तपाईंहरूले । तपाईंहरू जसरी सोधिरहनुभएको छ, त्यो होइन । हामी सबै एउटै हौं,’ कोइरालाले सञ्चारकर्मीको प्रश्नको जवाफमा भने । ‘म त धेरै पहिलादेखि भनिरहेको छु, हामीहरू समयमा अधिवेशन गरौं । नेपाली कांग्रेसको विधानमा केही अप्ठेरो पर्यो भने एक वर्ष दिएको छ । संविधानले अर्को ६ महिना दिएको छ । यो भनेको डेढ वर्ष हो,’ कोइरालाले भनेका छन् ।
केही दिनअघि नकांग्रेस प्रवक्ता प्रकाशशरण महतले १५औं महाधिवेशन ०८२ सालमा असम्भव भएको बताएका थिए । कांग्रेसको विधान अनुसार महाधिवेशन चार वर्षभित्र गर्नुपर्छ । १४औं महाधिवेशन ०७८ मंसिरमा भएको थियो ।






हारपछि वडावडामा पुगे आले, मतदातालाई दिए धन्यवाद
गुल्मीमा दुई उम्मेदवारको मत शून्य
कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन
सुर्खेतमा १६ वर्षीय इनिसा विकको बलात्कारपछि हत्या, चारजना पक्राउ
सात जिल्लाका ४ सय ९३ उम्मेदवारको जमानत जफत
‘प्रेम आलेलाई मतदाताले दिए जिताउने बचन’
कैलाली–५ मा ‘प्रेम आले’को बढ्दो चर्चा
इजरायली आक्रमणमा २४ विद्यार्थीको मृत्यु
मतदानका दिन सवारी साधन नियमन: कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन?
ओली र बालेन ‘दुवै अतिवादी’: सभापति थापा