सांसद सन्तोष परियारको प्रश्न– प्रेम गरेका कारण दलितहरूको घरवास उठीवास लाग्नुपर्ने हो ?


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले दलितहरूमाथि राज्यबाटै भइरहेको विभेदको सरकारसँग जवाफ मागेका छन् । सोमबार संसदमा बोल्दै उनले दलितहरूमाथिकाे ज्यादतीमा राज्यकै अंगहरू संलग्न रहेको भन्दै आक्रोश व्यक्त गरे।

उनले भने, ‘हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेको कारण मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू घरवास उठीवास लाग्नुपर्ने ? अनि राज्यका संयन्त्रहरू, राज्यका संस्थाहरू दलितका अधिकार कुल्चनलाई, दलितलाई मान्छे हुन नदिनलाई प्रयोग हुनुपर्ने ? यसमा नेपाल सरकारको जवाफ चाहियो, गृह मन्त्रालयको जवाफ चाहियो ?’

हालै गृह मन्त्रालयकै निर्देशनमा अन्तरजातीय विवाह गरेका सत्येन्द्रकुमार राम र नेहा राैनियारको जोडीलाई प्रहरीले पटकपटक पक्राउ गरी ज्यादती गरेको विषयमा उनले जवाफ मागेका हुन्।

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ