खैरो हेरोइनसहित एक युवक पक्राउ


धनगढी। कैलालीको धनगढीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुर स्थित सुदूरपश्चिम प्रदेश ०१-०१२ प ४२५९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय विवश वडाल खैरो हेरोइनसहित पक्राउ परेका छन्। वडालको साथबाट १७० मिलिग्राम खैरो हेरोइन र मोटरसाईकलसहित उनलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ