काठमाडौं-राज्यसंयन्त्रबाटै अन्तरजातीय जोडीमाथि भएको अत्याचार भएको भन्दै नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले छानबिन गर्न संसदीय समिति माग गरेका छन्।
सांसद बरालीले आइतबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीमाथि भएको अत्याचारबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन् ।
जातीय विभेदजन्य घटनाका कारण समृद्धिको कुरा गर्न नपाएको भन्दै उनले भने, ‘मन मेरो पनि राष्ट्र निर्माण र समृद्धिको कुरा गर्ने छ । तर जातीय विभेदजन्य घटनाका कुरा गर्नुपर्नाले अरु कुरा गर्ने मौका नै कहाँ पाइन्छ र ? आज देश नै उचाल्ने गरी चर्किएको विषय छ – अन्तरजातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारको । उनीहरु अझै सुरक्षित छैनन् । कतिबेला अजित मिजारको हालत हुने हो थाहा छैन ।’
उक्त जोडिमाथि भएको अत्याचारमा संलग्न जिल्ला न्यायाधीश, एसपी, प्रहरी महानिरीक्षक लगायत सबैलाई कारबाहीको माग गर्दै सांसद बरालीले नागरिकस्तरबाट उठेको गृहमन्त्रीको राजीनामाको मागमा समेत सहमती जनाए । ‘अन्तरजातीय विवाह गर्नेलाई ३० हजार धरौटी लिने जिल्ला न्यायाधीश, गैरकानुनी रूपमा विदेश गएर पक्रने एसपी रुगम कुँवर, निर्देशन गर्ने प्रहरी महानिरीक्षक लगायतलाई कारबाही गर्न नसक्ने गृहमन्त्रीलाई सडकबाट ‘राजीनामा दे’ भन्दा हुन्न भनेर हामीले कसरी भन्ने ?’ उनले भने।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
संविधान संशोधनमा दलितकाे चासो
गणेश नेपालीलाई न्याय देउ : प्रदिप परियार