काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद्देश्यका साथ रास्वपा सभापति रवि लामिछानेले सोमबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठक संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।
पछिल्ला दिनमा संसद्को कामकारबाही अवरुद्ध भइरहेका बेला राजनीतिक सहमति र संवादको वातावरण निर्माण गर्ने उद्देश्यले बैठक आह्वान गरिएको रास्वपाको भनाइ छ।
प्रधानमन्त्री र सभामुखको भूमिकालाई लिएर विपक्षी दलहरूले उठाएका प्रश्न तथा संसद्को कार्यसूचीसँग सम्बन्धित विषयमा देखिएको विवादका कारण संसद् बैठक प्रभावित हुँदै आएको छ। यही पृष्ठभूमिमा रास्वपाले दलहरूबीच साझा समझदारी खोज्न पहल गरेको हो।
पाँच दिनको अन्तरालपछि सोमबार प्रतिनिधिसभाको बैठक बस्ने तय भएकाले त्यसअघि राजनीतिक दलहरूबीच संवाद गराएर संसद्लाई नियमित प्रक्रियामा फर्काउने प्रयासस्वरूप बैठक बोलाइएको बताइएको छ।






डा.जितेन्द्र परियार र संगिता रामलाई सम्मान
कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
चार वर्षपछि पनि हरवाचरवाको मुक्ति अधुरै
लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण