जुम्ला । जिल्लाका ग्रामीण भेगमा पर्ने गाउँबस्तीमा यातायातको पहुँच पुगेको छ । स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका आठवटै स्थानीय तहका ६० का मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।
साठी वडामध्ये तिला गाउँपालिका–६, ७, ८ र ९ वडामा जोड्ने सडक तिला गाउँपालिका–१ रारामा तिला नदीमाथि मोटरेबल पक्की पुल निर्माण भएपछि यहाँका दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि सडक सञ्जालमा जोडिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
यहाँका सबै वडापालिकासम्म कच्च ९अफरोड० सडक निर्माण भएपछि सार्वजनिक यातायात सेवा सञ्चालन हुन थालेका छन् । यसअघि यहाँको सदरमुकाम खलङ्गा हुँदै कर्णाली राजमार्ग जुम्ला–नाग्म सडकखण्ड र नाग्म–गमगढी मूल सडकमा मात्रै सार्वजनिक सवारीसाधन सञ्चालन हुने गरेका थिए ।
अब यहाँका ग्रामीण सडकमा ९अफरोड० पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।
जुम्लामा रहेको नमस्ते हिमचितुवा यातायात प्रालिले यहाँका मुकाम खलङ्गा हुँदै पालिकाको ग्रामीण भेगमा पर्ने कुडारीको डुग्रीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयात प्रालिले जनाएको छ । सोही यातायातले खलङ्गाबाट रारालिहि, रारालिहिबाट मानेचौर, राँसा मालापानीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयातले जनाएको छ ।






बालेन सरकारको १०० बुँदे कार्यक्रममा हरवाचरवा उपेक्षित
एफएनसीसीआई कार्यकारिणी सदस्यमा सुनिता न्हेम्हाफुकीको उम्मेदवारी
‘सरी’ ले निकाे नहुने घाउ
लाश र माफीकाे राजनिती
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल
जुम्लामा जातीय विभेदको आरोपमा कविता बुढा पक्राउ
समानुपातिक सांसदलाई गेटबाटै फर्काइपछि पार्वती विक आक्रोशित
बालेन सरकार अजित मिजारकाे शव कहिले उठ्छ ?
इनिसा विककाे न्यायका लागि आन्दोलन चर्कियाे
बालेन सरकारविरुद्ध ओम प्रकाश पुनको कडा टिप्पणी