कञ्चनपुर । कञ्चनपुरमा यातायात व्यवस्था कार्यालयले लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट –५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिए ।
उनका अनुसार परीक्षा दिन लगाउने सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरुको नाममा फर्जी हाजिर लगाइ परीक्षा दिने भीमदत्त नगरपालिका–६ का अमरसिंह धामीलाई पनि पक्राउ गरिएको निरीक्षक जोशीले बताए । उनीहरुले अरु दुईजनाको हाजिर गरी परीक्षा दिएकाले प्रहरीको सहयोगमा पक्राउ गरी कञ्चनपुर प्रहरी कार्यालयको जिम्मा लगाइएको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताए ।
पक्राउ परेका दुबै जनाले फर्जी हाजिरी गरी परीक्षामा सहभागी भएको कार्यालय प्रमुख भट्टको भनाई छ । कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको प्रमुख भट्टले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं निरीक्षक जोशीले पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको बताए । ‘पक्राउ परेका तिनै जनामाथि अनुसन्धान भइरहेको छ,” निरीक्षक जोशीले भने“अनुसन्धान सकिएपछि मात्रै उनीहरुलाई कुन शीर्षकमा मुद्दा लाग्छ त्यसबारे निर्णय लिन्छौँ ।”






मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
सुकुमबासीले गरे माइतीघरमा प्रदर्शन
‘लालिबजार’ रोक्न सर्वोच्च पुगेकी रोशनी वादी प्रहरी नियन्त्रणमा
संसदमा प्रधानमन्त्रीको उपस्थिती नभएपछि बैठक बहिष्कार गरेका हौँ : हर्क साम्पाङ
सुकुमबासी हटाएको विरोधमा आन्दोलन घोषणा
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने