

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको प्रमुख शहर धनगढीमा अहिले धमाधम बुटिक संचालनमा आईरहेको छ ।
महिलाहरुले बिभिन्न डिजाईनका पहिरनहरु लगाउन थालेपछि बुटिकको संख्या थपिएको हो । बुटिकमा दैनिक बिभिन्न किसिमका कपडाहरु किन्नेहरु भिड लाग्ने गरेको छ ।
धनगढीको क्याम्पस रोडदेखी चौराहासम्मको बजार क्षेत्रमा दर्जनौको संख्यामा बुटिक ब्यवसाय संचालनमा आएको छ ।
दैनिक धेरैको सख्यामा बुटिक पसलमा जानेहरुको भिड बढेको छ । यो ब्यवसायबाट दैनिक राम्रो आम्दानी हुने गरेको बुटिक संचालकहरु बताउछन् ।
