कांग्रेसले प्रतिज्ञापत्रमा समेटेका यी हुन् महत्त्वपूर्ण १५ विषय


काठमाडौँ । नेपाली कांग्रेसले यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि महत्त्वपूर्ण १५ विषय उठान गरेको छ । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति गगन थापाले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा मुख्यगरी १५ विषय समेटिएका हुन् ।

ती विषय यस्ता छन्

१.पारदर्शी, उत्तरदायी र लोकतान्त्रिक सरकारको माध्यमबाट राष्ट्रिय समृद्धि ल्याउने पार्टीको प्रतिज्ञा छ।

२. मुलुकको समग्र आर्थिक र सामाजिक विकासका लागि कांग्रेसले कृषि, पर्यटन, औद्योगिक विकास, र ऊर्जा क्षेत्रहरूमा जोड दिइएको छ।

३. युवाहरूलाई रोजगारी, उद्यमशीलता र नयाँ सोचको विकासमा जोड दिँदै राष्ट्रिय विकासमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने ।

४. नेपाललाई डिजिटल रूपमा सुसम्पन्न बनाउन र डिजिटल सेवाहरूको पहुँच विस्तार गर्ने।

५. नेपाली सम्पदा, संस्कृति र परम्पराहरूको संरक्षण र संवर्धन गरी राष्ट्रिय पहिचानलाई सुदृढ गर्ने छ।

६. नागरिकहरूको स्वास्थ्य, सुरक्षा र सामाजिक सुरक्षा सुनिश्चित गर्न नागरिकको निःशुल्क स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने ।

७. कृषि, पर्यटन र औद्योगिक क्षेत्रमा रोजगारीका नयाँ अवसर सिर्जना गर्ने र अर्थतन्त्रलाई सुदृढ गर्ने ।

८. सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबैलाई समेट्ने नीतिहरू लागू गर्ने ।

९. गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकता दिएर ठोस कार्यक्रमहरू अगाडि सार्ने ।

१०. गुणस्तरीय शिक्षा, स्वास्थ्य र पोषणमा विशेष जोड दिई नागरिकको जीवनस्तर सुधार गर्ने ।

११. सबै वर्ग, क्षेत्र, समुदायको समानुपातिक सहभागिता सुनिश्चित गरी समावेशी विकासमा जोड दिने ।

१२. डिजिटल पूर्वाधार विस्तार गरी सेवाहरूको पहुँच बढाउने र डिजिटल अर्थतन्त्रलाई सुदृढ गर्ने ।

१३. स्थाननीय समुदायको आवश्यकता अनुसारको विकास कार्यक्रमहरू लागू गर्ने ।

१४. कानुनी शासनको सुदृढीकरण र न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्ने ।

१५. किसानहरूको हक र हितको रक्षा गर्दै उनीहरूको आय र जीविकोपार्जनमा सुधार ल्याउने ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ