काठमाडौं : सर्लाही–४ मा रास्वपाका उम्मेदवार अमरेश सिंह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गरेका हुन् ।
सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सफल भए ।
सुरूमा मधेशी जनाधिकार फोरममार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरका सिंह पछि नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका थिए ।
२०७० र २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसपछि २०७९ सालको चुनावमा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर फेरि विजयी भएका थिए ।
काठमाडौं-४ बाट चुनाव जित्दै आएका थापा पहिलो पटक मधेशबाट उम्मेदवारी दिएका थिए ।
उनी २०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बनेका थिए । दोस्रो संविधान सभामा काठमाडौं–४ बाट विजयी भएका थापा २०७४ र २०७९ सालको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए । २०७० सालमा उनी स्वास्थ्य मन्त्री पनि बनेका थिए ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड