‘सत्ताहरू बदलिरहने, दलितहरू मरिरहने’ भन्दै युवाहरुकाे आक्राेस


काठमाडौं : “सत्ताहरू बदलिरहने, दलितहरू मरिरहने” भन्ने नारासहित दलित समुदायका युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

दलितमाथि भइरहेको हिंसा, बलात्कार तथा हत्या घटनामा दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिन माग गर्दै उनीहरूले दबाबमूलक प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले पछिल्लो समय दलित समुदायमाथि भइरहेका अत्याचारका घटनाले राज्य गम्भीर नभएको आरोप लगाए। उनीहरूले सरकार बदलिए पनि दलितमाथिको विभेद र हिंसा अन्त्य हुन नसकेको भन्दै राज्यको भूमिकामाथि प्रश्न उठाए।

प्रदर्शनकारीहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, पीडित परिवारलाई न्याय र सुरक्षा सुनिश्चित गर्न तथा दलित समुदायमाथि हुने जातीय विभेद र हिंसा रोक्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

उनीहरूले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्। प्रदर्शनका क्रममा विभिन्न नारासहितका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराइएको थियो।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ