धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार प्रेमबहादुर आले मतदातालाई धन्यवाद दिन धनगढी उपमहानगरपालिका वडा नम्बर ५ र ६ मा पुगेका छन्।
मतदातालाई भेटेर आभार व्यक्त गर्ने क्रममा स्थानीय बासिन्दाले आलेलाई चुनावको परिणामले साथ नछुट्ने बताएका छन्।
उनीहरूले “यो पटक चुनाव हारे पनि हाम्रो साथ नछोड्नु होला, हामी तपाईंको साथमै छौं, हाम्रो नेता तपाईं नै हो” भन्दै निरन्तर साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्थानीयले आगामी दिनमा पनि क्षेत्रको विकास र जनताका समस्याका लागि अघि बढ्न आग्रह गरेका छन्।
मतदातासँग भेटघाट गर्दै आलेले आफू सधैं जनताको सेवामा रहने र चुनावको नतिजाले आफ्नो प्रतिबद्धता कमजोर नबनाउने बताएका छन्।
उनले जनताले दिएको माया, विश्वास र साथप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।






गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
कृषि स्नातकको भविष्यबारे सरकारलाई सुनिता न्हेमाफुकीकाे प्रश्न, नीतिगत सुधारको माग
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’