काठमाडौं । रोल्पामा दलित बालकमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ११ गते पश्चिमी रोल्पाको गंगादेव गाउँपालिका–५ पाखापानी फुलबासका ११ वर्षीय बालक खगेन्द्र विकमाथि कुटपिट भएको थियो ।
प्रहरीका अनुसार घटनामा संलग्न भएका स्थानीय टोपबहादुर खत्रीसहित ३ जनालाई मंगलबार बिहान दाङबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा टोपबहादुरसहित भीमबहादुर खत्री र मस्तबहादुर खत्री छन् । पीडित परिवारले सोमबार इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी दर्ता गरेका छन् । प्रहरीका अनुसार खगेन्द्र खेल्ने क्रममा टोपबहादुरको घरमा छिरेपछि उनीमाथि कुटपिट भएको थियो ।
पक्राउ परेका तीन जनालाई रोल्पा सदरमुकाम लिबाङ ल्याएर अदालतमा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए । बालक स्थानीय कुइनेटा बस्ने पूर्णबहादुर विकका छोरा हुन् । उनलाई टाउकोमा कुटपिट गरिएको र रक्ताम्मे बनाइएको थियो ।
बालकमाथि टोपबहादुरले कुटपिट गरेको र अरूले साथ दिएको प्रहरीको भनाइ छ । घटना ११ गते साँझ भएको र अर्को दिन सामाजिक सञ्जालमा आएपछि आफूहरूले थाहा पाएको डीएसपी विश्वकर्माले बताए । यसबारे प्रहरीले आरोपीविरुद्ध भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसूरलगायतको मुद्दा दर्ता गरी अनुसन्धान गर्ने बताएको छ ।
तस्बिर : एआईले तयार पारेको हो ।






‘संविधानप्रदत्त दलित अधिकार कार्यान्वयन कमजोर’
दुई अध्यादेश ल्याउँदै सरकार
फिल्म ‘लालीबजार’को प्रदर्शनमा रोक
टियुमा संयुक्त विद्यार्थी संंगठनको आन्दोलन
बढ्यो गर्मी, सुक्न थाले ताल
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
सुकुमबासी बस्ती हटाउँदाको कारुणीक दृश्य (तस्बिरहरु)
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या