काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।