काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई “रगतले लेखिएको कथा” को संज्ञा दिए । ‘परिणामका दृष्टिले सानो ठूलो जो–जे सुकै भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्वपूर्ण छ, महत्वपूर्ण रहनेछ’उनले भने ।
प्रचण्डले विगत र वर्तमानबीच तथ्यांकमै आधारित तुलना गर्दै संसदको रूपान्तरणलाई स्पष्ट पारे ।
आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको प्रतिनिधित्वमा पनि ठूलो उपलब्धि भएको उनले उल्लेख गरे ।
‘यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ । क्रान्तिले लेखिएको छ । पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ,’ भन्दै प्रचण्डले हुँदै भने ‘मैले त्यसै भन्ने गरेको छैन, यो सम्मानित संसदमा जसको प्रवेश भए पनि म आफैं प्रवेश गरेजस्तो लाग्छ। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू ?’
पार्टी जुनसुकै भए पनि समावेशी प्रतिनिधित्वप्रति गर्व गर्ने अधिकार आफूलाई रहेको बताउँदै प्रचण्डले क्रान्तिको मशाल आफ्नै रगतले बालेको स्मरण गरे ।






हर्क साम्पाङको प्रश्न-के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो ?
एमालेको प्रश्न : राष्ट्रिय झण्डा ओढेर देश जलाउनेप्रति सरकार किन मौन छ ?
कांग्रेसले भन्यो ‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण’
पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य गलत : प्रचण्ड
बागमती किनारमा बगिरहेका आँसुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ? : प्रदीप ज्ञवाली
प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन् : गगन थापा
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक