काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्” भन्ने भाष्यलाई सही नभएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले भने, “पुराना नेता” र “पुराना पार्टी”का नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् । र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन ।
संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यको स्मरण गर्दै भने, “राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ । दह्रो सहकार्य ।”
प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गरे । “दुईतिहाइको कुशासनको प्रतिरोध,” उनले भने, “प्रतिपक्षका रुपमा हाम्रो संख्या सानो थियो । तर, त्यो सानो संख्याले दुईतिहाइको विशाल सत्तापक्षका हरेक बेथिति र विकृतिविरुद्ध लड्यो ।”
प्रचण्डले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको आरोप लगाए । उनले स्पष्ट पारे – “सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधार मात्र खडा गर्दछ । सही र गलतको बहसले गति, रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ ।”






ज्ञानेन्द्र शाहीको प्रश्न-सरकार हो कि आतंकवादी हो ?
हर्क साम्पाङको प्रश्न-के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो ?
बादलको प्रश्न : राष्ट्रिय झण्डा ओढेर देश जलाउनेप्रति सरकार किन मौन छ ?
कांग्रेसले भन्यो ‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण’
बागमती किनारमा बगिरहेका आँसुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ? : प्रदीप ज्ञवाली
प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन् : गगन थापा
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक