काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमबारे जवाफ दिन पनि प्रधानमन्त्री बालेन्द्र साह उपस्थित नभए संसद बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ ।
प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न हुने तर त्यसको जवाफ प्रधानमन्त्री साह आफैँले दिनुपर्ने धारणा काँग्रेस नेता अर्जुननरसिंह केसीले राखे ।
उनले प्रधानमन्त्री साहले संसदलाई उपेक्षा गरेको विषयमा भने आपत्ति जनाए । नेता केसीले प्रधानमन्त्रीको अनुपस्थितिमा कुनैपनि विषय संसदमा टेबुल गर्न कुनै पनि मन्त्रीले गर्न सक्ने व्यवस्थामा नियमावलीमा भएकाले त्यसलाई रोक्न आवश्यक नभएको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले संसदीय परम्परा र मान्यताहरूको एकपछि अर्को उपेक्षा गर्नुभएको भन्ने आम रूपबाट हाम्रो धारणा हो । खास गरेर अहिले हामीहरू जो उभिरहेका छौँ । हामी सोही धारणाबाट अभिप्रेरित भएर उभिएका हौँ । जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिएको छ । अहिलेसम्मको संसदीय परम्पराको कुरा म यतातिरको साथीहरूलाई पनि आकर्षित गर्न चाहन्छु कि कुनैपनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनैपनि मन्त्रीले प्रधानमन्त्रीले टेबुल गर्ने कुरा गर्नु हाम्रो परम्परा हो । र सभामुखले भन्न खोज्ने भएको धारा ३८ को व्याख्या पनि त्यही हो । त्यसैले मैले सभामुखज्युमार्फत माननीयज्यूहरूलाई मैले के अनुरोध गर्न चाहन्छु भने प्रधानमन्त्रीबाट संसदको उपेक्षा भयो भन्ने साथीहरू हुनुहुन्छ । अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन । तर जवाफ दिने बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने हामी बाध्य भएर संसद बहिष्कार गर्छौं ।’
सांसद केसीले प्रधानमन्त्री साहको अनुपस्थितिमा कुनैपनि विषय मन्त्रीहरूले संसदमा टेबुल गर्ने कुरा संसदीय परम्परा पनि भएकाले त्यसलाई अवरोध गर्न नमिल्ने पनि स्मरण गराए ।






सुकुमबासीले गरे माइतीघरमा प्रदर्शन
‘लालिबजार’ रोक्न सर्वोच्च पुगेकी रोशनी वादी प्रहरी नियन्त्रणमा
संसदमा प्रधानमन्त्रीको उपस्थिती नभएपछि बैठक बहिष्कार गरेका हौँ : हर्क साम्पाङ
सुकुमबासी हटाएको विरोधमा आन्दोलन घोषणा
पदम परियारको प्रश्न-प्रधानमन्त्रीलेनै अपनत्व नलिएको नीति तथा कार्यक्रममाथि कसरी छलफल गर्ने ?
बागमती किनारमा बगिरहेका आँसुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ? : प्रदीप ज्ञवाली
प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन् : गगन थापा
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक