धनगढी । कैलालीको एक घरमा आगलागी भएको छ । आइतबार राति ८स्४५ बजेको समयमा घोडाघोडी नगरपालिका(४ जनकपुर बस्ने खुसिराम चौधरीको काठ र माटोले बनेको जस्ता पाताले छाएको एकतले चार कोठे घरमा आगलागी भएको हो ।
भान्सामा बालेको आगोबाट आगलागी हुँदा एउटा बाख्राको जलेर मृत्यु भएको र घरभित्र रहेका नगद, अन्नपात, लत्ताकपडा, खाद्यान्न लगायतका सामानहरु गरी अन्दाजी ८ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






संघीय संसद्को अधिवेशन वैशाख २८ गते आह्वान गर्न सरकारको सिफारिस
सुकुम्बासी बस्ती हटाउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश
बेमौसमी तरकारी खेतीबाट मनग्गे आम्दानी
ट्रेड युनियन खारेजको निर्णय फिर्ता नभए कर्मचारी संगठनले आन्दोलन गर्ने
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
बालेनलाई सिके राउतको चेतावनी
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने