

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को मृत्यु भएको छ । पीएसओ सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो ।
बझाङको मस्टा गाउँपालिका–७ घर भएका ३४ वर्षीय बोहरा लामो समयदेखि सभामुखका अंगरक्षक थिए । उनी सवार सु.प.प्र.०१-००९ प ३४२९ नम्बरको स्कुटर सोमबार धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका–२ मा दुर्घटना भएको थियो ।
