बाजुरा । गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीय डम्मरबहादुर रोकाया रहेका छन् ।
घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार मृत्यु भएको हो । बाख्रा चराउन गएको बेला रुखमा घाँस काट्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताए ।
करिब एक सय मिटर तल खोँचको खोलामा उहाँको लास फेला परेको उनले बताए । मृतक रोकाया कैलाश र घटाल देवताका पुजारीसमेत थिए ।






डा.जितेन्द्र परियार र संगिता रामलाई सम्मान
कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
चार वर्षपछि पनि हरवाचरवाको मुक्ति अधुरै
लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण