भीरबाट लडेर रोकायाको मृत्यु


बाजुरा । गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीय डम्मरबहादुर रोकाया रहेका छन् ।

घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार मृत्यु भएको हो । बाख्रा चराउन गएको बेला रुखमा घाँस काट्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताए ।

करिब एक सय मिटर तल खोँचको खोलामा उहाँको लास फेला परेको उनले बताए । मृतक रोकाया कैलाश र घटाल देवताका पुजारीसमेत थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ