काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याइनुले लगानीकर्ताको मनोबल घटाएको बताएका छन्। विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताको मनोबल घटाउनु भएको उनले उल्लेख गरे।
उनले पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्याउनु गलत भएको बताए। यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने विषयमा समस्या हुने उनले जिकिर गरे।
हामी लगानीकर्तालाई ल्याउन, विदेशी लगानीकर्तालाई आउन आग्रह गरिरहेका छौँ भने आन्तरिक लगानीकर्ताले वैदेशिक रोजगारमा जान बाध्य नेपालीलाई रोक्नको लागि आमनेपालीलाई सर्भिस दिने हिसाबले खोजिएको छ, उनले भने, त्यसको विरोध गरिएको छ। यो चिन्ताको विषय हो। उहाँहरू (केबलकारविरोधी)लाई पछि गएर यो पछुतो हुनसक्छ।
उनले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका निम्ति बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्न सक्ने अवस्था सिर्जना हुने बताए। केही राजनीतिक दल, व्यक्तिहरूले केबलकार निर्माणमा बाधा पुर्याइरहेको उनले उल्लेख गरे।
यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उनले बताए। जहाँ रोजगारी सिर्जना गरिन्छ, जहाँ पूर्वाधार बनाइन्छ, जहाँ आमसर्वसाधारणलाई सुविधा दिइन्छ र पर्यटनको प्रवद्र्धन गरेर अघि बढाउने कुरालाई पनि गलत हिसाबले व्याख्या गरेर राजनीतिक दल र धार्मिक रूपमा गरिएको छ, उनले भने, यो दुःखद हो। आमसर्वसाधारणको फाइदाका लागि हामीले गरेका हौँ। त्यसको विरोधमा लागिएको छ।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन