काठमाडौँ । सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट धमाधम स्वीकृत भएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पेश भएका अध्यादेश धमाधम स्वीकृत भएका हुन् ।
बैठकबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ र ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ स्वीकृत भएका छन् ।
ती अध्यादेश सभाको बहुमतले स्वीकृत भएका हुन् । बैठकमा अध्यादेश अस्वीकारका प्रस्तावहरू बहुमतले अस्वीकृत र अध्यादेश स्वीकृत भएका हुन् ।
राष्ट्रियसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश’ स्वीकृत
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व र सुशासनसम्बन्धी अध्यादेश स्वीकृत भएपछि राष्ट्रिय सभामा निजीकरण अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र सहकारी विधेयकमाथि छलफल भइरहेको छ । ती सबै अध्यादेश आजै राष्ट्रिय सभाबाट स्वीकृत गर्ने तयारी छ ।
विपक्षी दलका सांसदहरूले सरकार अध्यादेशबाट मुलुक चलाउने बाटोमा लागेको भन्दै अस्वीकृत गर्न आग्रह गरे पनि उनीहरूको सूचना अस्वीकृत हुँदै आएका छन् ।
पाँचवटै अध्यादेश बुधबारको प्रतिनिधि सभाबाट स्वीकृत भैसकेको छन् । दुवै सदनबाट स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयकका रूपमा अघि बढाउनेछ ।






‘प्रेम आले’ दु:खमा साथ दिने नेता हुन्
विकास र परिवर्तनको एजेन्डासहित घरदैलोमा वीरमान चौधरी
फागुन २१ को चुनावपछि नेकपा पहिलो दल बन्छ : प्रचण्ड
चुनावलाई सदाचार स्थापनाको महाअभियानका रुपमा लिनुपर्छ : प्रधानमन्त्री कार्की
उपभोक्तालाई आयल निगमले दियो कार्यालयबाटै ग्यास
मतदातालाई ढाँटेर राजनीति गर्न मेरो शैली होइन : प्रेम आले
यस्ता छन्, कैलाली-३ का उम्मेदवार विरमान चौधरीको प्रतिबद्धता
मतदाताको मन जित्दै विरमान चौधरी
एमालेका जयबहादुर लामा नेकपामा प्रवेश
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि