कैलालीको एक फर्निचरमा आगलागी


धनगढी। धनगढीको एक फर्निचरमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका-१२ सि गाउँ बस्ने दान सिंह कुवरको टिनले छाएको फर्निचरमा बिद्युतको तार शर्ट भई बिहीवार आगलागी भएको हो। आगलागी हुँदा उक्त फर्निचरमा रहेको काठ, फर्निचर, मेसिन लगायतका सामान गरी अन्दाजी ३ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ