काठमाडौँ । विवाह गर्ने उमेर घटाउनेरनघटाउने सवालमा राष्ट्रिय मानव अधिकार आयोगले अध्ययन गर्ने भएको छ।
११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको मूल समारोहलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले उक्त जानकारी दिएका हुन्।
अध्यक्ष मगरले समाजमा बालविवाहका कारण पनि दुर्घटना निम्तिरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको पनि बताएका छन्।
उनका अनुसार आयोगले विवाह गर्ने उमेर घटाउनेरनघटाउने विषयमा सातवटै प्रदेशमा अध्ययन गरेर सरकारलाई सुझाव दिनेछ।
उनले भने, समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना देखाइरहेको छ। उमेर घटाउन नहुने भन्ने कुरा आएको छ। सबै कुरालाई विचार गरेर राष्ट्रिय जाँचबुझ गर्नेमा हामी अघि बढेका छौँ।’
हाल नेपालको कानुनमा विवाह गर्न पाउने उमेर २० वर्ष तोकिएको छ।
तर संसदीय उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको छ। यस विषयमा बहस जारी छ।






डा.जितेन्द्र परियार र संगिता रामलाई सम्मान
कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
चार वर्षपछि पनि हरवाचरवाको मुक्ति अधुरै
लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण