धनगढी । कैलालीको अत्तरियामा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
अत्तरिया नो लाइटमा फोर म्यानका रूपमा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाही पक्राउ परेका हुन्। उनलाई सोमवार गेटा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चौधरीमाथि फागुन २२ गते कार्यालय परिसरमै खुकुरी प्रहार भएको थियो।
तीन मोटरसाइकलमा आएका ६ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेका थिए। अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते भएका चौधरीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन