कर्मचारीमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ


धनगढी । कैलालीको अत्तरियामा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

अत्तरिया नो लाइटमा फोर म्यानका रूपमा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाही पक्राउ परेका हुन्। उनलाई सोमवार गेटा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चौधरीमाथि फागुन २२ गते कार्यालय परिसरमै खुकुरी प्रहार भएको थियो।

तीन मोटरसाइकलमा आएका ६ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेका थिए। अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते भएका चौधरीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ