काठमाडौँ ।।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने र त्यो सबैले बुझेको पनि बताएका हुन्।
लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प जनताले खोजेको उनको भनाइ छ।
‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो। मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो’, उनले लेखेका छन्।
थापाले राजासहितको लोकतन्त्रले मात्र जवाफदेही लोकतन्त्र हुने उल्लेख गरेका छन्। ‘राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वेलगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन,’ थापाले लेखेका छन्।






बालेन सरकारको १०० बुँदे कार्यक्रममा हरवाचरवा उपेक्षित
एफएनसीसीआई कार्यकारिणी सदस्यमा सुनिता न्हेम्हाफुकीको उम्मेदवारी
‘सरी’ ले निकाे नहुने घाउ
लाश र माफीकाे राजनिती
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल
जुम्लामा जातीय विभेदको आरोपमा कविता बुढा पक्राउ
समानुपातिक सांसदलाई गेटबाटै फर्काइपछि पार्वती विक आक्रोशित
बालेन सरकार अजित मिजारकाे शव कहिले उठ्छ ?
इनिसा विककाे न्यायका लागि आन्दोलन चर्कियाे
बालेन सरकारविरुद्ध ओम प्रकाश पुनको कडा टिप्पणी