काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व ९होली० मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।
फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वमा खेलिने विविध रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको बताए ।
नेपालको हिमाल, पहाड र तराईका जिल्लामा हर्षोल्लासका साथ एक अर्कालाई रङ लगाई खुसियाली साटासाट गर्दै खेलिने फागु पर्वका अवसरमा उनले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । “फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ । यस अवसरमा मेरो र पार्टीको तर्फबाट हार्दिक शुभकामना छ”, सन्देशमा भनिएको छ ।
सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।






‘प्रेम आले’ दु:खमा साथ दिने नेता हुन्
विकास र परिवर्तनको एजेन्डासहित घरदैलोमा वीरमान चौधरी
फागुन २१ को चुनावपछि नेकपा पहिलो दल बन्छ : प्रचण्ड
चुनावलाई सदाचार स्थापनाको महाअभियानका रुपमा लिनुपर्छ : प्रधानमन्त्री कार्की
उपभोक्तालाई आयल निगमले दियो कार्यालयबाटै ग्यास
मतदातालाई ढाँटेर राजनीति गर्न मेरो शैली होइन : प्रेम आले
यस्ता छन्, कैलाली-३ का उम्मेदवार विरमान चौधरीको प्रतिबद्धता
मतदाताको मन जित्दै विरमान चौधरी
एमालेका जयबहादुर लामा नेकपामा प्रवेश
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि